वीपीकपमा आज क्वाटरफाइनलका तीन खेल

मकवानपुर । नेपाली कांग्रेसको शुभेच्छु खेलकुद संस्था लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा मकवानपुरको हेटौंडामा सन्चालन भइरहेको जिल्लास्तरीय वीपी कप दोस्रो रनिङ शिल्ड फुटबल प्रतियोगितामा आज सोमबार दिउशो १ बजेबाट क्वार्टरफाइनल अन्तर्गतका ३ खेल हुदैछन् ।
हेटौंडाको लोकतान्त्रिक चौर (हुप्रचौर) मा हुने आजको पहिलो खेलमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ र मकवानपुरगढी गाउँपालिका बिच हुनेछ ।
दोस्रो खेलमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ र हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ र तेस्रो तथा क्वार्टरफाइनलको अन्तिम खेलमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ र कैलाश गाउँपालिकाबिच प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक प्रदिप कडेलले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत आइतबार (हिजो) विभिन्न टोलीका बिच पाँच वटा खेल भएका थिए ।
पुष १६ गतेसम्म सन्चालन हुने प्रतियोगितामा २२ टिमको सहभागिता रहेको छ । प्रतियोगिता विजेताले रनिङशिल्ड सहित नगद ५० हजार रुपैया र दोस्रो हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।