खेल

वीपी कप फाइनलमा हेटौंडा २ र ३ भिड्दै

लोकखबर
१६ पुष २०७६, बुधबार ०६:१२

मकवानपुर । मकवानपुरको हेटौंडामा जारी जिल्लास्तरीय वीपी कप दोस्रो रनिङ शिल्ड फुटबल प्रतियोगितामा आज बुधबार फाईनल खेल हुदैछ ।

लोकतान्त्रिक (हुप्र) चौरमा दिउशो १ बजे हुने फाइनल खेलमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ र ३ भिड्देछन् । सेमीफाईनल अन्तर्गत हिजो मंगलबार भएको खेलमा मकवानपुरगढी गाउँपालिकालाई ३-२ गोल अन्तरले पराजित गर्दै हेटौडा २ फाइनलमा पुगेको हो । भने हेटौंडा १९ लाई २-० गोल अन्तरमा पराजित गर्दै हेटौंडा ३ फाइनलमा प्रवेश गरको हो ।

नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले आयोजना गरेको फुटबल प्रतियोगितामा पार्टी निकट खेल समूहले भाग लिएका हुन् ।

प्रतियोगिताको विजेताले रनिङ शिल्ड सहित नगद ५० हजार रुपैया र दोस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका संयोजक प्रदिप कंडेलले जानकारी दिए । प्रतियोगिता संयोजक कंडेलका अनुसार प्रतियोगिताको समापन  प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यतामा हुनेछ ।

प्रतिकृया

One thought on “वीपी कप फाइनलमा हेटौंडा २ र ३ भिड्दै

  1. Pradeep Kandel says:

    Dipendra haina Pradeep ho..

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*