अब एटिएमबाट एक लाख झिक्न मिल्ने

लोकखबर
१७ पुष २०७६, बिहीबार १९:५०

मकवानपुर । अब एटिएमबाट एक दिनमा एक लाख रुपैया सम्म निकाल्न पाइने भएको छ । राष्ट्र बैंकले डेबिट कार्डमार्फत निकाल्न पाइने रकमको सीमा बढाएको हो । यसअघि डेबिडकार्डमार्फत ६० हजार रुपैया सम्म मात्रै निकाल्ने पाइन्थ्यो ।

एकीकृत निर्देशन जारी गर्दै एटीएममार्फत एक दिनमा डेबिट कार्डमार्फत न्यूनतम ५ सय, प्रतिकारोबार २५ हजारसम्म निकाल्न पाइनेगरी एक दिनमा १ लाखसम्म नगद निकाल्न पाइने व्यवस्था गरेको हो राष्ट्र बैंंकले जनाएको छ ।

यसअघि चिनियाँ ह्याकरको समूहले विभिन्न बैंकको एटीएम प्रयोग गरी रकम चोरेपछि राष्ट्र बैंकले एक लाखको सीमा घटाएर ६० हजार बनाएको थियो ।

अब विद्युतीय माध्यमबाट वालेट मार्फत मासिक एक लाख रुपैयासम्म भुक्तानी गर्न पाइने गरेकोमा अबदेखि ५ लाखसम्म भुक्तानी गर्न पाइने व्यवस्था पनि गरिएको छ ।

अब सीसीटीभीमार्फत नै एटीएमको गतिविधि निगरानी गरिने भन्दै बैंक तथा वित्तीय संस्थाको एटिएम बुथमा राखिने सुरक्षा गार्ड हटाउन पनि राष्ट्रबैंकले बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*