शिक्षकको क्षमता अभिवृद्दिका लागि पहिलो पाइलाको ‘मन्टेश्वरी तालिम’

मकवानपुर । मकवानपुरका विभिन्न विद्यालयका शिक्षकको क्षमता अभिवृद्दिका लागि हेटौंडामा मन्टेश्वरी तालिम प्रदान गरिएको छ ।
हेटौंडामा सन्चालन सुरु गरिएको पहिलो पाइला शिशु स्याहार केन्द्रले शिक्षक शिक्षिकको क्षमता अभिवृद्दि गर्दै शैक्षिक स्तरोन्नतीमा सघाउ पुर्याउँने उद्देश्यले तीन दिने मन्टेश्वरी तालिम सन्चालन गरेको हो ।
तालिममा मकवानपुरका ३० जना को सहभागिता रहेको शिशु स्याहार केन्द्रकी संचालिका अंकिता सुमार्गीले जानकारी दिइन् ।
तालिममा ह्यान्ड राइटिङ, क्राफ्ट राइटिङ, आर्ट एन्ड क्राफ्ट, राइम्स सेसन, कक्षा व्यवस्थापन, सिजन तथा शिर्षक अनुसारको पाठ योजना, सर्कल टाइम लगायतका विषयमा सहभागीलाई प्रशिक्षित गराइएको हो ।
काठमाडौंका मन्टेश्वरी तालिमका जानकार रुपा कार्की र कुशुम गिरीलेले प्रशिक्षण गरेका हुन् ।
अग्निहोत्रा आश्रम रजैयाका संरक्षक सिताराम खनालले तालिम उद्घाटन गर्दै शिक्षक शिक्षिकाहरु अहिलेका नानीबाबुहरुको मनोभावना बुझेर अध्यापनमा लाग्नुपर्ने बताए । केन्द्र सन्चालक हेटौंडा एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले तालिमबाट मकवानपुरको शिक्षा क्षेत्रमा टेवा पुग्ने अपेक्षा व्यक्त गरे ।
समाजसेवी विश्वकान्ती कलावतीले मन्टेश्वरी सम्बन्धि तालिमले शिक्षक शिक्षिकालाई मात्र नभई सिंगो विद्यालयलाई नै शैक्षिक विकासका लागि सहयोग पुग्ने बताइन् । शुक्रबार सुरु भएको तालिम आइतबार समापन हुदैछ ।