चार महिनापछि आजबाट प्रदेशसभा बैठक

राजधानी र नामकरणको टुंगो लगाउँन यस्तो छ प्रकृया

लोकखबर
२१ पुष २०७६, सोमबार ०८:२०

मकवानपुर । झन्डै चार महिना पछि प्रदेशसभाको बैठक आज बस्दैछ ।

आजबाट सुरु बैठकमा प्रदेश नम्बर–३ को राजधानी तथा नामकरणका विषयलाई प्रकृयागत रुपमा अघि बढाइने भएको छ ।

सभामुख सानुकुमार श्रेष्ठका अनुसार प्रदेशसभा बैठक दिउशो ३ बजेका लागि बोलाइएको छ । आजको बैठकको मुख्य एजेन्डा नै प्रदेश ३ को राजधानी तथा नामकरण रहेको सभामुख श्रेष्ठले जानकारी दिए ।

बैठकमा सभामुख श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आव्हानका लागि पठाइएको पत्र पढेर सुनाउनेछन् । सभामुख श्रेष्ठले प्रदेशको नामकरण सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधी प्रदेशसभामा पेश गर्नेछन् । प्रदेशको स्थायी राजधानी टुंगाउनेबारे प्रदेशसभाबाट गत जेठ ८ गते नै कार्यविधी पारित भइसके पनि नामकरण सम्बन्धमा कार्य विधि बनाउँन बाँकी भएकाले आजको बैठकमा नाकरण सम्बन्धि कार्यविधी पेश गर्ने तयारी छ ।

सभामा प्रदेशको नामकरणबारे कार्यविधी पेश गरेसंगै राजधानी सम्भाव्यता अध्ययन समितिले २०७५ असार २६ गते प्रदेशसभामा पेश गरेको प्रतिवेदनमाथि छलफल सुरु हुनेछ । प्रतिवेदनमाथिको धारणा सुनेपछि समितिका सभापति दीपक निरौलाले त्यसको जवाफ दिने कार्यतालिका छ । पहिल्यै पारित भइसकेको राजधानी सम्बन्धि कार्यविधी र आजको बैठकबाट पारित गरिने नामकरण सम्बन्धि कार्यविधीभित्र रही प्रदेशको स्थायी राजधानी तथा नामकरणका लागि भोलि मतदान हुनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*