यसरी घोषणा हुदैछ मनहरी बालमैत्री

लोकखबर
२२ पुष २०७६, मंगलवार १०:५२

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकालाई यही पुष २८ गते बालमैत्री गाउँपालिका घोषणाको तयारी गरिएको छ ।
उपप्रधानमन्त्री इश्वर पोखरेलले मनहरी गाउँपालिकालाई बालमैत्री घोषणा गर्दैछन् ।

बालमैत्री घोषणाका लागि आवश्यक सबै तयारी पूरा भएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।
बालमैत्री घोषणासम्म पुग्नका लागि आवश्यक तयारी अन्तर्गतका विभिन्न अभियानहरु संचालन गरिएका थिए ।

गाउँपालिका घोषणा गर्नका लागि तयारीस्वरुप गाउँपालिकाले विभिन्न वडामा बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणा सम्बन्धी वडा स्तरीय कार्यक्रम गरेको थियो ।

बालमैत्री घोषणाको तयारीका लागि गाउँपालिकाको वडा–वडाबाट खटिएका सहजर्कताले तथ्यांक संकलन, वडा तथा विद्यालयमा बालक्लव गठन, बाल संजाल, आमा समूह, टोल विकास गठन लगायतका कार्य गरिएका थिए ।

बालमैत्री शासनका विभिन्न ३९ वटा सूचकलाई पूरा गर्दै गाउँपालिका बालमैत्री घोषणाको चरणमा पुगेको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*