बढेको शुल्क फिर्ता लिन माग गर्दै विद्यार्थी नेता अनसनमा
मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसमा मासिक शुल्कमा ६५ प्रतिशत शुल्क वृद्दि गरिएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।
क्याम्पस सन्चालक समितिको बैठकले लामो समयदेखि शुल्क नबढेको भन्दै अनाचक ठूलो अन्तरमा शुल्क वृद्दिको निर्णय लिएपछि विरोध भएको हो ।
विद्यार्थीलाई समस्यामा पार्ने गरी अनाचक क्याम्पस सन्चालक समितिले निर्णय गरेको भन्दै अनेरास्ववियु आन्दालित बनेको हो । आन्दोलित विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्य कक्ष, स्टाफ कक्ष र क्याम्पसको प्रशासन शाखामा ताला लगाइदिएका छन् ।
बढाइएको शुल्क फिर्ता लिन माग गर्दै स्ववियु सभापति कुमार केसी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका क्याम्पस अध्यक्ष रामकृष्ण शिवाकोटी र अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष मित्रबहादुर बस्नेतले रिले अनशन सुरु गरेका छन् ।