राजधानी सकस

राजधानी हेटौंडा बनाउँन नेकपाका असन्तुष्ट नेता सहमत, आज प्रदेशसभा बैठक

लोकखबर
२३ पुष २०७६, बुधबार ०६:२१

मकवानपुर । प्रदेश ३ को स्थायी राजधानी तथा नामकरणका विषयमा आजबाट प्रदेशसभामा छलफल हुने भएको छ ।

सोमबारबाट सुरु भएको प्रदेशसभाको बैठकमा हिउँदे अधिवेशनका लागि शुभकामना मन्तव्य तथा नामकरण सम्बन्धि कार्यविधी पारित गर्दै स्थगित भएको बैठक आज बुधबारबाट फेरी सुरु हुने भएको हो ।

प्रदेशसभा बैठक अघि आज विहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकले कार्यसूची टुंगो लगाउने भएको छ । संसदमा आज राजधानी र नामकरणबारे कार्यविधिको ढाँचा अनुसार प्रस्ताव दर्ता गर्न समय दिने जनाइएको छ ।

प्रदेश ३ को राजधानी हेटौंडालाई बनाउँन नेकपा सचिवालयले गरेको निर्णयको विपक्षमा रहेका सांसदहरु र पार्टी शीर्ष नेतृत्वबिच मंगलबार भएको भएको छलफलमा हेटौंडालाई राजधानी कायम गराउँन सहमती जुटेको छ । नेकपा प्रदेश–३ की इञ्चार्ज अष्टलक्ष्मी शाक्यको नेतृत्वमा मुख्य सचेतक रामेश्वर फुयाँल, आन्तरिक मामिला तथा कानुन मन्त्री जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, सांसद्हरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईं र दीपक निरौला लगायतको टोली काठमाडौं गएको थियो ।

राजधानी हेटौंडा र नाम बागमती नै राख्न सत्तारुढ दल नेकपाले दिएको निर्देशनप्रति असन्तुष्टि जनाएका नेताहरुलाई नेकपाको शीर्ष नेतृत्वले निर्णय परिवर्तन नहुने भन्दै पार्टी निर्देशनको पालना गर्न पुनः सचेत गराएको छ । पार्टी नेतृत्वलाई राजधानी तथा नामकरणका विषयमा पुनर्विचार गराउँन मंगलबार बालुवाटार पुगेका असन्तुष्ट नेताहरु हेटौंडा नै राजधानी राख्न सहमत भएर फर्किएका छन् । आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै सचिवालयले यसअघि दिएको निर्देशन नमान्ने बताएका नेकपाका प्रदेश सांसद र प्रदेश ३ का नेताहरुहरुसँग नेकपाका शीर्ष नेताले झण्डै ३ घण्टा छलफल गरेको बुझिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*