आजको मौसम : मेघ गर्जनसहित पानी पर्नसक्ने

लोकखबर
२३ पुष २०७६, बुधबार ०७:३३

मकवानपुर । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) पश्चिमदेखि पूर्वसम्म देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा तथा भारी हिमपात हुने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज देशैभरको मौसम बदली हुनेछ र पश्चिम र मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । यस्तै, यसैगरी पूर्वका पनि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि जनाइएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा आज मध्यमदेखि भारीसम्म हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

यस्तै, उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*