राजधानी सकस

प्रदेश राजधानीबारे निर्णय लिन नेकपा संसदीय दलको बैठक भोलि

लोकखबर
२३ पुष २०७६, बुधबार ०८:११

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलको बैठक अब भोलि (विहीबार) विहान बस्ने भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बस्ने बैठकमा नेकपा सचिवालयले प्रदेशको राजधानी तथा नामकरणका विषयमा दिएको निर्देशनलाई निर्णय गर्ने बताइएको छ ।

राजधानी हेटौंडा तथा नाम बागमती राख्नका लागि पार्टीले दिएको निर्देशनका विषयमा संसदीय दलले निर्णय लिन नसकेपछि बैठक स्थगित भएको थियो ।

राजधानी तथा नामकरणका विषयमा असन्तुष्ट प्रदेश सांसदले पार्टीको निर्देशन विपरित जाने चेतावनी दिन थालेपछि मंगलबार हिजो काठमाडौंमा शीर्ष नेतासंग छलफल गरेका थिए ।

बालुवाटारमा अध्यक्षद्वयसंग भएको छलफलमा पार्टी निर्णय बमोजिम नै अघि बढ्ने भएपछि अब निर्णयमा पुग्ने गरी संसदीय दलको बैठक बस्ने जनाइएको छ ।

बैठकमा बोल्न बाँकी नेताहरुले आफ्नो धारणा राख्नेछन् भने पार्टी शीर्ष नेतृत्वसंग असन्तुष्ट नेताहरुले गरेको छलफलका विषयमा जानकारी गराउँने तयारी रहेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*