प्रदेशसभा बैठक अघि मुख्यमन्त्री पौडेलले भेटे बानियालाई

मकवानपुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानिया बिच बुधबार (आज) भेटवार्ता भएको छ ।
दुवै नेताबिच भएको भेटमा प्रदेश राजधानी हेटौंडा तथा नाम बागमती राख्नका लागि अघि बढ्ने विषयमा कुराकानी भएको बताइएको छ ।
प्रदेशको राजधानी तथा नामका विषयमा आज (बुधबार) प्रदेशसभा ब्रैठक बस्दैछ ।
प्रदेशसभा बैठक अघि मुख्यमन्त्री पौडेल र प्रमुख प्रतिपक्ष दलका नेता बानिया बिचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।