अर्थ
राष्ट्रबैंक भन्छ-‘वित्तिय क्षेत्रमा ३३ खर्ब बढी निक्षेप पुग्यो ’
मकवानपुर । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले बैंक तथा वित्तीय क्षेत्रमा ३३ खर्ब रुपैयाँभन्दा बढी निक्षेप पुगेको बताएका छन् ।
उनका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको हो । पुष १ गतेयता बैंकिङ प्रणालीमा २७ अर्ब ९६ करोड रुपैयाँले निक्षेप बढेको छ ।
यो अवधिमा बैंक तथा वित्तीय संस्था निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा बढी आक्रामक देखिएको जनाइएको छ ।
पुष १ यता बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २९ अर्ब ९३ करोड रुपैयाँले बढेर ३१ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । निक्षेपभन्दा कर्जा लगानी झण्डै २ अर्बले बढी छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता भट्टले निक्षेपभन्दा कर्जा लगानी केही बढी भए पनि वित्तीय प्रणालीमा प्रयाप्त तरलता रहेको बताए ।