राष्ट्रियसभा सदस्य निर्वाचनमा ४५ जनाको उम्मेदवारी

मकवानपुर । आगामी माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनेहरूको नामावली निर्वाचन आयोगले आज(बुधबार) प्रकाशन गरेको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार सातवटै प्रदेशमा बुधबार उम्मेदवारको नाम प्रकाशन हो ।
आयोगका अनुसार १८ जना राष्ट्रिय सभा सदस्य चयनका लागि हुन लागेको निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारी फिर्ता लिन चाहनेहरूले भोलि (बिहीबार) बिहान १० बजेदेखि मध्यान्ह ४ बजेसम्म सम्बन्धित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्नुपर्ने आयोगले जनाएको छ ।