मौसम

आज दिनभर मौसम बदली हुने

लोकखबर
२४ पुष २०७६, बिहीबार ०८:३८

मकवानपुर । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विहीबार (आज) दिनभर देशभर सामान्यतया मौसम बदली हुनेछ ।

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात हुने अनुमान गरिएको छ । राति देशको मध्य तथा पूर्वी क्षेत्रमा सामान्य बदली हुनेछ भने पश्चिमका भूभागमा आंशिक बदली रही एक-दुई स्थान र मध्य तथा पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमापात हुने सम्भावना छ । शुक्रबार(भोली) पनि मौसम बदली नै हुने जनाइएको छ । बदली तथा वर्षा भएका कारण अधिकताम तापक्रम कम हुने भएकाले देशभर जाडो अत्याधिक रहेकाले सतर्कता अपनाउनु सुझाव दिइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*