प्रदेशको राजधानी हेटौंडा घोषणाको खुशीयाली मनाउँन तयार हुँदा हुन्छ : मन्त्री दावा दोर्जे लामा

लोकखबर
२४ पुष २०७६, बिहीबार १८:२३

मकवानपुर । प्रदेश ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हेटौंडा हुने दाबी गरेका छन् ।

प्रदेश ३ सरकार, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा मकवानपुरगढी गाउँपालिकाले संचालन सुरु गरेको माटो परिक्षण प्रयोगशालाको विहीबार आज उद्घाटन गर्दै मन्त्री लामाले अबको एक-दुई दिनभित्रै सबै दलको सहमतीमा हेटौंडालाई प्रदेशको राजधानी बनाउँने प्रयास भइरहेको बताए । ‘अबको एक–दुई दिनमै राप्रपा, कांग्रेस, कम्युनिष्ट सबै मिलेर प्रदेशको राजधानी बनाउँन मकवानपुरको हेटौंडालाई भोट हाल्ने विषयमा सहमती हुदैछ ।’ मन्त्री लामाले भने,‘प्रदेशको राजधानी हेटौंडा घोषणा खुशीयालीमा दीपावली गर्नका लागि तयार रहनुहोला ।’

मन्त्री लामाले प्रदेशको राजधानी हेटौंडा हुने बित्तिक्कै समग्रमा मकवानपुर जिल्लाले विकास तथा सम्भावनाका विभिन्न अवसर पाउँने बताए । उनले कृषिका क्षेत्रमा पनि प्रदेश राजधानीबासी भएकाले मकवानपुरेले प्रसस्तै लाभ लिनसक्ने उल्लेख गरे । राजधानीसंगै हेटौंडामा ४२ करोड रुपैया भन्दा बढी लागतमा प्रदेश स्तरिय तरकारी संकलन केन्द्र निर्माणको योजना आगामी माघ महिनाबाट अघि बढाउँने तयारी भएको मन्त्री लामाले जानकारी दिए । उनले हेटौंडा बजारको राप्तीपुल पारी तरकारी बजार विकास गर्दै गाउँ गाउँबाट किसानका उत्पादन बिक्री वितरणको व्यवस्थापनमा प्रदेश सरकार जुटेको बताए । दूधको पाउडर प्लान्ट उद्योग, कृषि औजार उद्योग प्रदेश सरकारले हेटौंडामै स्थापना गर्ने तयारी गरिरहेको बताउँदै मन्त्री लामाले मकवानपुरका कृषकका लागि सम्बृद्घिका सम्भावनाहरु सुरु भएको बताए । प्रदेश राजधानीसंगै पुराना बन्द उद्योग खेलाउँने तथा नयाँ उद्योग स्थापना गरी संचालनमा ल्याउँने लगायतका कार्य गरिएपछि मकवानपुरबासीको समृद्घिका सपना पूरा हुने उनले बताए ।

प्रदेश राजधानी हेटौंडालाई अब सुन्दर, सफा शहरका रुपमा विकास गर्नुपर्ने आवश्यकता मन्त्री लामाले औल्याए । अब राजधानीबासी हुने भएपछि मकवानपुरबासीले आफूलाई सोही बमोजिम परिवर्तन गरी अघि बढ्नुपर्ने उनले बताए ।
उनले कृषिका क्षेत्रमा प्रदेश सरकारले स्थानीय सरकारको समन्वयमा आवश्यक गर्ने बताए । मकवानपुरमा कृषिका लागि काम गर्ने सवालमा सम्झनुपर्दा मकवानपुरगढी प्राथमिकतामा पर्ने बताउँदै लामाले गाउँपालिकालाई नै कृषिमा समृद्घ गाउँपालिका बनाउँनका लागि अभियान नै बनाएर अघि बढ्न आग्रह गरे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*