आजबाट ‘हेटौंडा बाल कला-साहित्य महोत्सव सुरु हुदैं

लोकखबर
२५ पुष २०७६, शुक्रबार ०८:५६

मकवानपुर । मकवानपुरको हेटौंडामा शुक्रबार (आज) बाट ‘हेटौंडा बाल कला–साहित्य महोत्सव-२०७६’ हुदैछ ।

नवोदय शिशु सदनले आयोजना गरेको महोत्सव विहान साँढे ९ बजेबाट सुभारम्भ गरिने कार्यक्रम संयोजक सीएम रिमालले जानकारी दिए ।

विद्यार्थीलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा सहभागिता गराई नेतृत्व विकास गराँउने लक्ष्य सहित गतवर्षबाट हेटौंडामा महोत्सव थालनी गरिएको हो ।
पनि विशेष कार्यक्रम सञ्चालन गदै आएको विद्यालयले अघिल्लो वर्षबाट महोत्सवको आयोजना थालेको हो ।

आयोजक नवोदय विद्यालयमै हुने महोत्सवको पहिलो दिन अरु विद्यालयबाट आएका विद्यार्थी र शिक्षकसहितको वर्कसपहरु सञ्चालन हुने जनाइएको छ ।
दुईदिनसम्म सञ्चालन हुने महोत्सवको दोस्रो दिन कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, लेखिका राधा पौडेल, साहित्यकार अमर न्यौपानेसहितका साहित्यकार तथा कलाकारको सहभागिता रहनेछ ।

महोत्सवमा बाल कला–साहित्य सम्वन्धमा सर्जकहरुसँग छलफल, अबको शिक्षा कस्तो हुनुपर्ने भन्ने, विषयमा कार्यशाला, कथा लेखन, नाटक मञ्चन, कविता, मुक्तक, गजल लेखन र वाचन, कला प्रर्दशनी, पुस्तक प्रर्दशनीलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

नेपाली भाषा, साहित्य तथा कलाका बारेमा शिक्षकदेखि विद्यार्थीसम्मलाई ज्ञान दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको विद्यालयले जनाएको छ । महोत्सवमा यस वर्षबाट कलालाई पनि महोत्सवमा जोड्न लागिएको कार्यक्रम संयोजक रिमालले बताए । महोत्सवले सिर्जनात्मक पठन संस्कृति, कलाको विविध पक्षहरुको समिश्रित शिक्षण प्रविधि र प्रक्रियाका बारेमा ज्ञान दिने अपेक्षा गरिएको विद्यालयका निर्देशक दीपेश जोशीले बताए ।

महोत्सवले बालबालिकामा पहिचानसहितको आत्मनिर्भरता, समय सापेक्षितसहितको तार्किक, मोलिक सिर्जनात्मकता तथा शैक्षिक क्षेत्रको विकासमा सहयोग पुग्ने उल्लेख छ । दिउँसो साढे तीन बजेसम्म सञ्चालन हुने महोत्सवमा करिब ६ हजार जनाको सहभागिता रहने विद्यालयको अनुमान रहेको छ । नवोदयका विद्यार्थीहरुले लेखेको कविता फक्रँदो इन्द्रेणी संग्रहपनि महोत्सवमा विमोचन हुने जनाइएको छ ।

महोत्सव गर्नुको उद्देश्य सिर्जनात्मक पठन संस्कृतिको विकास गराउने, सिर्जनात्मक क्षमता अभिवृद्धि गराउने, भाष विकासका लागि कला–साहित्यको सम्वन्ध र यसको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतको रहेको निर्देशक जोशीले बताए ।

हेटौंडा उपमहानगरपालिका, काठमाडौं पब्लिकेशन, बाल कला सङ्ग्राहलय, सर्जक सञ्जाल मकवानपुर, नेपाल बालसहित्य समाजले महोत्सव सफल बनाउँनका लागि सहकार्य गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*