पाँचौं दिनमा जुट्यो सहमती, प्रदेश ३ नेकपाका सांसद हेटौंडालाई राजधानी बनाउँन एकमत

सम्भवत :आइतबार राजधानी हेटौंडा र नाम बागमती कायम हुने
लोकखबर
२५ पुष २०७६, शुक्रबार १४:१३

मकवानपुर । पटक पटक बस्दै विना निस्कर्ष टुंगिदै आएको नेकपा प्रदेश ३ को संसदीय दल बैठकले अन्तत : हेटौडालाई प्रदेश राजधानी बनाउँन सांसदका बिचमा सहमती जुटाएको छ ।

पार्टीका असन्तुष्ट केही नेताहरु पनि अब पार्टी हाइ कमान्डको निर्देशन बमोजिम नै हेटौंडालाई राजधानी मान्न तयार भएका हुन् ।
अब प्रदेशसभामा हेटौंडालाई मात्र मतदानका लागि प्रदेशसभामा लैजाने बताइएको छ । आजको बैठकबाट पार्टीको निर्णय बमोजिमकै नाम बागमती राख्ने सहमती भएको जनाइएको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलका प्रेस सल्लाहकार प्रकाश दाहालले नेकपाका प्रदेश सांसदहरु प्रदेश सभामा राजधानी तथा नाम कायम गर्ने विषयमा एक भएर जाने निर्णय भएको जानकारी दिए ।

संसदीय दलको निर्णयसंगै अब प्रदेशको राजधानी हेटौंडा र नाम बागमती कायम गराउन सहज भएको छ । प्रदेशसभामा राजधानी तथा नामकरणका विषयमा सांसदहरुको छलफलपछि सम्भवत : पर्सि आइतबार राजधानी हेटौंडा र नाम बागमती कायम हुनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*