प्रदेश राजधानी र नामकरणका लागि प्रस्ताव दर्ता हुदै

लोकखबर
२०७६ पुष २६, शनिबार ०६:१५

मकवानपुर । प्रदेश ३ को राजधानी तथा नामकरणका लागि आज प्रस्ताव पेश गरिदैछ । प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश राजधानी तथा नामकरणका लागि प्रस्ताव आव्हान गरेका हुन् । यसका लागि आज विहान ९ बजेदेखि ११ बजे सम्मका लागि समय दिइएको छ ।

सभामुख श्रेष्ठले प्रदेशको स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधी २०७६ को अनुसूची-१ बमोजिमको ढाँचामा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सिफारिस गरेको जिल्ला मध्येबाट प्रदेशको राजधानी सम्बन्धी प्रस्ताव दर्ता गर्न र प्रदेशको नामाकरण सम्बन्धी कार्य्विधि २०७६ को अनुसूचि १ बमोजिमको ढाँचामा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्न समय प्रदान गरेका हुन् ।

राजधानी हेटौंडा बनाउँनका नेकपा र कांग्रेस संसदीय दलले निर्णय गरेका छन् भने हिजो बेलुका मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा सर्वदलीय बैठक भयो । सर्वदलीय बैठकबाट प्रदेश राजधानी हेटौंडा र नाम बागमती राख्नका लागि सहमतीको प्रयास भएको हो ।

छलफलमा नेकपाका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता डोरमणि पौडेल र उपनेता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, कांग्रेसका दलका नेता इन्द्र बानियाँ, राप्रपा संयुक्तका रीना गुरुङ, राप्रपा का रीता माझीले राजधानी हेटौँडा र नाम वागमतीमा सहमति जनाएको बताइएको छ । नेमकिपा र विवेकशील दलले आज बैठक बसेर राजधानी तथा नामका विषयमा धारणा बनाउँने प्रतिकृया दिएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको