पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस मनाइदैं
मकवानपुर । आज (आइतबार) पुस २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीका अवसरमा नेपालमा विभिन्न कार्यक्रम सहित राष्ट्रिय एकता दिवस मनाइँदैछ ।
विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको मानिन्छ ।
नेपाली सेनाले पनि सैनिक मुख्यालय जंगी अड्डामा अवस्थित राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ । मुलुकको विकास र समृद्धिका लागि सुशासन कायम गर्न घुस दिने र लिने दुवै देशका शत्रु हुन् भन्ने राष्ट्र निर्माताको धारणा सदासर्वदा स्मरण योग्य छ ।
पृथ्वीनारायणलाई नेपाल एकीकरण नगरेको भए आज नेपाल राष्ट्र स्वतन्त्र राष्ट्रकै रूपमा रहन सक्थ्यो वा सक्दैनथ्यो यसै भन्ने अवस्था आउने थिएन ।
दिवमसा सार्वजनिक बिदा माग गरिएपनि सरकारले एकता दिवसलाई खासै महत्व नदिएको गुनासो आउँने गरेको छ । दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल पुलिस क्लब प्रदर्शनी मार्गमा आइतबार दिउँसो चियापान कार्यक्रमको राखेको जनाइएको छ ।