राजधानी र नामकरणका लागि मतदान हुदै

मुख्यमन्त्री पौडेल भन्छन्, ‘प्रदेश सरकारले राजधानी र नामकरण गर्न सकेन भन्नेहरुको मुख बन्द भएको छ । ’

लोकखबर
२७ पुष २०७६, आईतवार ०७:१५

मकवानपुर । प्रदेश ३ को राजधानी र नामकरणका लागि आइतबार विहान ९ बजे प्रदेशसभामा मतदान हुदैछ ।

प्रदेश सरकार गठन भएको दुई वर्षसम्म हेटौंडालाई अस्थायी राजधानीका रुपमा काम चलाइएकोमा आइतबारबाट हेटौंडा स्थायी राजधानी हुदैछ । दुई वर्षसम्म न्वारान पनि गर्न गर्न नसकेर ‘प्रदेश ३’ भन्नु परेको आलोचना खेपरिहेकोमा अब नाम‘बागमती’ हुदैछ ।

प्रदेशसभा सचिवालयमा राजधानी तथा नामकरणका लागि शनिबार प्रस्ताव दर्ता भएका थिए । आइतबार विहान ९ बजेबाट प्रदेशसभाका १ सय १० जना सांसदले प्रदेशसभामा मतदान गर्दैछन् ।

शनिबार प्रदेशसभामा राजधानीका लागि नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्ताव दर्ता गराएका हुन् ।
पौडेलको प्रस्तावमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानिया प्रस्तावक, राप्रपाकी सांसद रिता माझी र राप्रपा प्रजातान्त्रीककी सांसद रिना गुरुङले समर्थन गरेका छन् ।

यस्तै, प्रमुख प्रतिपक्ष दल कांग्र्रेस संसदीय दलका नेता, सांसद इन्द्रबहादुर बानियाले प्रदेशको नाम ‘बागमती’ प्रस्ताव पेश गरेका छन् । बानियाँको प्रस्तावमा नेकपाका मुख्य सचेतक रामेश्वर फुँयाल, राप्रपाकी सांसद रिता माझी र राप्रपा संयुक्तकी सांसद रिना गुरुङले लगायत दलका सांसदले समर्थन गरेका छन् ।

हेटौंडाका अलावा काभ्रेमा पनि राजधानी माग गर्दै प्रस्ताव दर्ता गरिएको छ । विवेकशील नेपाली र साझा पार्टीले काभ्रेको धुलिखेलमा राजधानी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरेको हो ।

प्रदेशको नाम बागमती एउटामात्र प्रदेशसभा प्रस्ताव दर्ता भयो भने राजधानीमा विवेकशील दलले हेटौंडा अपायक पर्ने भन्दै काभ्रे दर्ता गरायो । प्रदेशको नाम नेवा ताम्सालिङ राख्ने तयारीमा रहेका स्वतन्त्र सांसद प्रेम तामाङले प्रस्ताव दर्ताका लागि प्रस्तावक र समर्थक नपाएपछि प्रदेशसभामा नाम दर्ता गर्न पनि पाएनन् ।

अब राजधानी तथा नामकरणको टुंगो लगाएपछि दुई वर्षसम्म प्रदेशसम्म प्रदेश सरकारले राजधानी र नाम समेत तोक्न सकेन भन्नेहरुको मुख बन्द हुने मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । शनिबार मकवानपुर उद्योग वाणीज्य संघको वार्षिक साधारणसभामा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले एउटा राजधानी र नाम पनि तोक्न सकेन भन्नेको अब मुख बन्द भएको बताएका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*