राजधानी हेटौंडा, नाम बागमती

‘सबै सांसदका कारण राजधानी तथा नामकरणमा ऐतिहासिक उपलब्धि’

लोकखबर
२७ पुष २०७६, आईतवार १३:३४

मकवानपुर । प्रदेश तीनको राजधानी हेटौंडा र नाम बागमती कायम भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको राजधानी तथा नामकरण टुंगो लगाएको हो ।

प्रदेशका मुख्यमन्त्री एवं संसदीय दलका नेता डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौंडा कायम गर्नका लागि गरेको प्रस्ताव दुई तिहाई बढी मतले पारित भएको हो । राजधानी हेटौंडाको प्रस्तावकमा कांग्रेस प्रदेश ३, संसदीय दलका नेता इन्द्रबहादुर बानिया रहेका थिए भने राप्रपाकी रीता माझी र राप्रपा संयुक्तकी रीना गुरुङ समर्थक रहेका थिए ।

बैठकमा राजधानी हेटौंडाको पक्षमा १०४ मत परेको हो भने विवेकशील दलका सांसदले गरेको काभ्रेको धुलिखेललाई राजधानी बनाउँने प्रस्तावको पक्षमा जम्मा तीन मत परेको छ ।

प्रदेशसभाले काभ्रेलाई राजधानी बनाउँन गरेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । यस्तै, प्रदेशको नाममा एउटा मात्र प्रस्ताव बागमती दर्ता भएको थियो । कांग्रेस संसदीय दलका नेता ईन्द्र बाँनियाले राखेको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाल, विवकेशील साझाका रमेश पौड्याल र शोभा शाक्य, राप्रपाकी रिना माझी र राप्रपा संयुक्तकी रिना गुरुङ समर्थक थिए । प्रस्तावको पक्षमा १०८ मत परेको हो भने विपक्षमा एक मत पनि नपरेको हो ।

हेटौंडा स्थायी राजधानी भएपछि मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारहरुसंग कुराकानी गर्दै हेटौंडामा राजधानी कायम गर्न सबै सांसदको कारण सम्भव भएको बताए । ‘ म एक्लैले गर्नसक्ने भए दुई वर्ष पहिलै नै राजधानी तोकिसक्ने थिए । तर अहिले सबै सांसदको कारण प्रदेश राजधानी हेटौंडा कायम भएको छ । ’ राजधानी घोषणाले मकवानपुरबासीलाई उत्साहित बनाएको बताउँदै मुख्यमन्त्री पौडेलले हेटौंडामा राजधानी कायम हुनु ठूलो विजय प्राप्ती भएको भन्दा पनि स्वभाविक प्रकृयामार्फट अस्थायीबाट स्थायी कायम गराएको बताए ।

यस्तै, प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाले प्रदेशका सांसदालई हेटौंडालाई राजधानी बनाउँनका लागि मन भएकैले १०५ मत प्राप्त भएको बताए । हेटौंडा राजधानी बनाउने विषयमा सबै सांसद एकमत भएकाले यो खुशीको कुरा भएको बानियाले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*