हेटौंडामा एयरपोर्ट बनाउँन अध्ययन भइरहेको छ : मुख्यमन्त्री पौडेल

लोकखबर
२७ पुष २०७६, आईतवार १४:१८

मकवानपुर । राजधानी र नामकरण पारित गर्न आइतबार बसेको प्रदेशसभा बैठकमा हेटौंडालाई स्थायी राजधानी बनाउँन प्रस्ताव गरेपछि जवाफ दिदै मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा राजधानी बनाउँदा दीर्घकालीन रुपमा महत्व पुग्ने बताएका छन् ।

प्रदेशका १३ वटै जिल्लाका लागि हेटौंडा उपयुक्त भएको मुख्यमन्त्री पौडेलको दाबी छ । अंग्रेजफौजलाई लखेटेर विजय हासिल गरेको ऐतिहासिक महत्व बोकेको मकवानपुरगढी भएको जिल्ला मकवानपुरमा अब एयरपोर्ट बनाउँनका लागि पनि आवश्यक पहल भइरहेको लिइएको उनले बताए । ‘हेटौंडामा एयरपोर्ट बनाउँनका लागि दुई पटक सर्वे गर्ने काम पनि भइसकेको छ । अब फेरि हामी अध्ययनमा लाग्नेछौं ।’ मुख्यमन्त्री पौडेलले भने,‘मकवानपुर आउँनका लागि प्रदेशका सबै जिल्लाबाट सहजता हुनेछ । ’

मकवानपुरबाट विभिन्न ६ वटा राजमार्ग जाडिएकाले पनि संघीय राजधानीमा सहज पहुँच भएको मुख्यमन्त्री पौडेलको भनाई छ । आगामी वर्षमा हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माण कार्य गरिसक्ने पनि मुख्यमन्त्री पौडेलले उल्लेख गरे ।

आफूले सुरुदेखि नै प्रदेश राजधानी उपत्यका बाहिर बनाउँने भन्दै लागिपरेकाले अहिले त्यसमा सबैबाट साथ पाइएकाले सफल भइएकाले उनले बताए । काठमाडौं उपत्यकामा राजधानी राखेको भए सिंहदरबारको छायाँमा बस्नुपर्ने अवस्थामा आफूहरुको भूमिकाको अर्थ नहुने भएकाले पनि उपत्यका बाहिर राजधानी कायम गराउँने सोचमा आफू पहिलेदेखि नै लागेकाले सफलता पाएको उनले बताए । आफूले सबै जिल्लाका लागि आवश्यक कार्य गर्ने बताउँदै काभ्रेका सांसदको चिन्ता सम्बोधन हुने गरी काम गर्ने प्रतिबद्दता व्यक्त गरे ।

अधिकार सम्पन्न बनेका स्थानीय तहमा आवश्यक जनशक्ति अभावका कारण पनि सोचे अनुसार काम गर्न नसकीएको मुख्यमन्त्री पौडेलको बताए । अहिले राजधानी हेटौंडा तथा नाम बागमतीमा सहमती जुटाउँन सत्ता पक्ष र प्रतिपक्ष केही नभनी लागेकाले राजधानी हेटौंडा कायम भएकोमा कसैले चित्त दुखाउँनु नपर्ने बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*