प्रदेश राजधानी हेटौंडा कायम गरेकोमा कमल थापाको बधाई

लोकखबर
२७ पुष २०७६, आईतवार १८:५७

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौंडालाई प्रदेशको राजधानी कायम गराउँन सफल भएकोमा प्रदेशका मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतालाई बधाई दिएका छन् ।

अध्यक्ष थापाले प्रदेश ३ को नाम र राजधानी सर्वदलीय सहमतिको आधारमा निर्णय गर्न सफल भएकोमा मुख्यमन्त्री डोरमणी पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्र बाँनियालाई बधाइसहित धन्यवाद दिएका हुन् ।

आइतबार राष्ट्रिय एकता दिवसको अबसरमा पार्टीद्वारा नेपाल पुलिस क्लबमा आयोजित चियापान समारोह सकिनासाथ थापाले मुख्यमन्त्री पौडेल र बानियाँलाई टेलिफोन सम्पर्क गरी बधाइसहित शुभकामना दिएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
आफ्नो गृहजिल्ला हेटौंडालाई प्रदेश राजधानी तथा नाम बागमती नाम कायम गराउँन सफल भएको थापाले ट्वीटरमार्फत पनि बधाई दिएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*