राजधानी हेटौंडा बनाइएपछि बसेको बैठकले गर्यो सात निर्णय

मकवानपुर । प्रदेशको स्थायी राजधानी हेटौंडा र प्रदेशको नाम बागमती पारित गरेपछि आइतबार (आज) बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ ।
बागमती प्रदेशको मन्त्रिपरिषदको बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक बर्ष ०७७/०७८ को लागि संघीय विशेष अनुदान सम्बन्धमा, आर्थिक वर्ष ०७७/०७८ का लागि संघीय समपुरक अनुदान सम्बन्धमा, स्थानीय तहलाई दिईने प्रदेश समपुरक अनुदानको दोस्रो चरणका योजनाहरु स्विकृत गर्ने सम्बन्धमा, घरेलु तथा साना उद्योग कार्यालय सम्बन्धमा, प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संसोधन गर्न बनेको विधेयक स्वीकृत सम्बन्धमा र प्रदेश स्वास्थ्य सेवा नियमावली, २०७६ स्वीकृत गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न ७ वटा निर्णय गरेको हो ।