राप्रपाले मकवानपुरमा यसरी मनायो एकता दिवस
![](https://www.lokkhabar.com/wp-content/uploads/2020/01/raprapa-scaled.jpg)
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी, मकवानपुरले चियापान गरी २ सय ९८ औं एकता दिवस तथा पृथ्वी जयन्ती मनाएको छ ।
पार्टी मकवानपुरका अध्यक्ष अध्यक्ष मधु अधिकारीको अध्यक्षता भएको कार्यक्रममा प्रदेश सांसद रीता माझी, प्रदेश सदस्य रामहरी न्यौपाने, जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख रघुनाथ खुलाल, राप्रपाका वरिष्ठ उपाध्यक्ष शिवराम थापा, राप्रपाका उपाध्यक्ष गुञ्ज बहादुर न्यौपाने, राप्रपा युवा संगठनका नगर सभापति भृगु कार्की, नेपाली कांग्रेसका नेता रघुरमण न्यौपाने लगायतको उपस्थिती थियो ।
कार्यक्रममा राप्रपा मकवानपुरका अध्यक्ष अधिकारीले पृथ्वीनारायण शाहको योगदानलाई भुल्न थालिएको बताए ।