आज सहिद रुद्र पाख्रीनको १७ औं स्मृति दिवस

लोकखबर
२८ पुष २०७६, सोमबार ०७:४०

मकवानपुर । जनयुद्दका सहिद रुद्रबहादुर पाख्रीनलाई आज मकवानपुरमा सम्झना गरिदै १७ औं स्मृति दिवस मनाइदैछ ।

तत्कालीन माओवादी पार्टीमार्फत जनयुद्घमा होमिएका लोकप्रिय नेताको छवि बनाएका पाख्रीनको राजनीतिक कार्यक्रममा सहभागिताका लागि जादै गर्दै तत्कालीन शाही नेपाली सेनाले वि.सं.२०५९ साल पुष २८ गते मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा हत्या गरेको थियो ।

आज मकवानपुरगढी गाउँपालिकामा उनको स्मृतिमा जिल्ला स्तरिय ६ ए साइड फुटसल प्रतियोगिता संचालन गर्दैछ । कार्यक्रम शहिद रुद्र पाख्रिन स्मृती पार्क र खेलकुद समितिको आयोजनामा हुन लागेको हो ।

सहिद पाख्रीनको सम्झनामा मकवानपुरगढीमा रुद्र स्मृति बाटिका स्थापना गरिएको छ । हेटौंडाबाट ५ किलोमिटर पूर्व र चौघडाबाट करिब २ किलो मिटर उत्तरतर्फको माथिल्लो बस्ती भएको क्षेत्र मकवानपुरगढी गाउँपालिकाको, मक्रान्चुली, कालिखोलास्थित शान्ति चोकमा बाटिका स्थापना गरिएको छ । तत्कालीन जनयुद्दका शहिद रुद्रबहादुर पाख्रीनको स्मृतिमा यो बाटिका निर्माण गरिएको हो ।

यो बाटिका वि.सं. २०६३ साल मंशिर ९ गते पहिलो पटक ७० जना व्यक्तिहरुको भेलाले ‘रुद्र स्मृति उद्यान’ निर्माण गर्ने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा वि.सं.२०६३ साल फाल्गुण ८ गते दर्ता नम्बर १०६२ मा दर्ता भयो । अहिले बाटिकाको क्षेत्रफल करिब ४० रोपनीमा मनमोहक बनाइएको छ । संस्थाको अहिले आफ्नै व्यवस्थित भवन, शौचालय र स्नानघर, पिकनिक स्थल, प्रतिक्षालय, चौचारो, सहिद रुद्रको शालिक लगायतका संरचना रहेका छन् ।

वि.सं. २०१९ साल साउन २७ गते बाबु समनमान पाख्रीन र आमा माया पाख्रीनको ज्येष्ठ सुपुत्रका रुपमा रुद्रबहादुर पाख्रीनको मकवानपुरको गोगनेस्थित कालीखोला बाङ्गे भन्ने ठाउँमा उनको जन्म भएको थियो । गोगनेबाट वि.संं.२०२० सालमा पाख्रीनको परिवार मकवानपुरगढीमा आएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*