बागमती प्रदेशमा माघ १० गते सार्वजनिक बिदा

मकवानपुर । आगामी माघ १० गते बागमती प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।
तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आईतबार साँझ बसेको बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले ल्होसार पर्वका लागि बिदा दिने निर्णय गरेको जनाइएको छ ।