अब अर्को नेटवर्कमा कल गर्दा प्रतिमिनेट १० पैसा

लोकखबर
२९ पुष २०७६, मंगलवार ०८:२१

मकवानपुर । आगामी चैतबाट एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा दश पैसा भन्दा बढी शुल्क नलाग्ने भएको छ । अहिले ५४ पैसा लाग्दै आएकोमा नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्देशिका जारी गरेपछि शुल्क घट्ने भएको हो ।

गत भदौमा ल्याइएको निर्दे्िशकालाई हालै संशोधन गर्दै प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई तीन महिनाभित्र नयाँ व्यापारिक योजना बनाउन निर्देशन दिएको हो । अन्तर आबद्दता निदेर्शिका अनुसार उपभोक्ताले टेलिफोन गर्दा एकले अर्काको मोबाइल नेटवर्क प्रयोग गरेबापत प्रतिमिनेट १० पैसाभन्दा बढी शुल्क लिन नपाइने भएको हो ।

निर्देशिका कार्यान्वयनमा आएपछि उपभोक्तालाई सहजता हुने भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*