यस्ता पनि पास्टर, रोग निको पार्ने भन्दै यौन शोषण
मकवानपुर । रोग निको पार्ने भन्दै यौनशोषण गर्ने एक पास्टर पक्राउ परेका छन् ।
परमेश्वरको डर देखाउँदै आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा ललितपुरबाट क्रिस्चियन धर्मका गुरु अर्थात् पास्टरलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा सिंहका अनुसार जोशी भन्ने ध्रुवबाबु जोशीलाई पक्राउ गरिएको हो ।
आइतबार साँझ पक्राउ परेका जोशीले मण्डलीमा प्रार्थना गर्न जोन सिलसिलामा एक महिलालाई पापको त्रास देखाई तीन महिनादेखि बलात्कार गरेको आरोप लागेको छ ।
पीडित महिलाले प्रहरीसमक्ष बताएअनुसार उनी आफूमा भएका रोग निको हुने विश्वासमा मण्डली चर्चमा प्रार्थना गर्न गर्न जाने क्रममा चर्चका पास्टर ध्रुवबाबु जोशीले तिमीले नराम्रो काम गरेका कारण तिमीलाई यस्तो रोग लागेको हो। त्यो पाप मेटाउन तिमीले मसँग शारीरिक सम्पर्क गर्नुपर्छ भनेर परमेश्वरले मलाई भन्नुभएको छ भनेर तीन महिनादेखि जबर्जस्ती करणी गर्दै आएका हुन् ।












































