माघे संक्रान्ति मनाउँन सार्वजनिक बिदा

मकवानपुर । माघे संक्रान्तिका अवसरमा इलामको माङ्गसेबुङ्ग र माईजोगमाई गाउँपालिकाले बुधबार माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाको बैठक बसेर बिदा दिने निर्णय गरिएको माङ्गसेबुङ्ग गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए । उनका अनुसार माघ १ गतेको स्थानीय महत्व भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
किराँत धर्मावलम्बीहरुको नयाँ वर्षको पहिलो दिन र परम्परागतरुपमा लाग्ने माइबेनी मेलालाई सबैले सहजरुपमा मनाउन पाउनु पर्छ भन्दै सार्वजनिक बिदा दिएको पालिकाले जनाएको छ ।
मकर सङ्क्रान्ति, माघी नामले चिनिने यो पर्व किँरातहरुले पनि नयाँ वर्षको रुपमा परम्परादेखि नै मनाउँदै आएका छन् ।