भाइरल बस काण्डमा संलग्नताको आरोपमा युवक पक्राउ
मकवानपुर । सामाजिक संजालमा भाइरल भएको बस कान्डमा संलग्न भएको आरोमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
एक वर्षअघि सार्वजनिक बसमा हस्तमैथुन गर्ने युवकलाई पक्राउ गरिएको बुझिएको छ । सोमबार साँझ चितवनबाट प्रहरीले पक्राउ गरेको व्यक्तिको नाम भने सार्वजनिक भएको छैन । काठमाडौं लगिएका उनलाई बुधबार (आज) प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ ।
पक्राउ परेका व्यक्तिले भिडियो अपलोड गरेको स्वीकारेको स्रोतले जनाएको छ । भिडियो अपलोड गरेको भएपनि आफूले महिलामाथि अभद्र व्यवहार नगरेको उनको दाबी छ ।
भाइरल भएको भिडियोमा हस्तमैथुन गरेर अघिल्लो सिटमा बसेकी महिलाको कपालमा वीर्य परेको देखिएको थियो । अभद्र व्यवहार गर्ने युवक र महिला दुवैको अनुहार नदेखिएकाले प्रहरीलाई अनुसन्धान गर्न असहज भएको थियो । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्नका लागि लामो अनसन्धान गरेको थियो ।