वीरगन्ज र चितवन विजयी, आज पनि दुई खेल

लोकखबर
१ माघ २०७६, बुधबार ०६:०७

मकवानपुर । मकवानपुरको हेटौंडामा जारी छैठौं स्व. माधवराज सुमार्गी टि ट्वान्टी क्रिकेट कप प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा युनाइटेड क्रिकेट एकेडेमी वीरगन्ज र चितवन क्रिकेट क्लव विजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गतको पहिलोे खेलमा युनाइटेड क्रिकेट एकेडमी वीरगन्जले नुवाकोट क्रिकेट क्लबलाई ६ रनले पराजित गरेको हो । १२४ रनको विजयी लक्ष्य पाएको नुवाकोट निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदा ११७ रनमा आउट भएपछि वीरगञ्जले जित सुनिश्चित गरेको हो । पहिले टस जितेर ब्याटिङ गरेको वीरगन्जले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२३ रन बनाउँदै १२४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।

दोस्रो खेलमा चितवन क्रिकेट क्लबले नेक्सस क्रिकेट एकेडेमीलाई १६४ रनको फराकिलो अन्तरले पराजित गरेकोे हो । चितवनले दिएको २४४ रनको लक्ष्य पछ्याएको नेक्सस १६४ रनमै अलआउट भएको थियो । खेलको म्यान अफ द म्याच साकार ढकाल भए । हेटौडाको एकेडेमीको एकमात्र प्रायोजन रहेको प्रतियोगीता यही माघ पहिलो सप्ताहअन्तसम्म जारी रहने आयोजक मकवानपुर क्रिकेट संघले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार र द्वितीय हुने टिमले २० हजार नगद सहित शिल्ड मेडल, प्रमाणपत्र प्राप्त गर्ने आयोजक संघका अध्यक्ष बासुलाल श्रेष्ठले बताए । प्रतियोगिता अन्तर्गत बुधबार (आज) को पहिलो खेलमा नेक्सस क्रिकेट एकेडेमी र नुवाकोट बीच प्रतिष्पर्धा हुने भएको छ । यस्तै, दोस्रो खेलमा मकवानपुर क्रिकेट क्लब र महावीर क्रिकेट क्लब बिच खेल हुने आयोजकले जनाएको छ ।

खेल हेटौंडाको लोकतान्त्रिक(हुप्र)चौरमा भइरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*