स्थानीय अखबार

तरकारी मंहगिदा भान्सामा मासु, पदक विजेता खेलाडीलाई सम्मानसहित नगरपरिक्रमा

लोकखबर
१ माघ २०७६, बुधबार ०७:३६

मकवानपुर । हाल हेटौंडामा तरकारी भन्दा मासु सस्तो पर्न थालेको खबर बुधबार हेटौंडा सन्देश दैनिक दैनिकको पहिलो पृष्ठमा छापिएको छ ।

तरकारी महंगिदा भान्सामा मासु’ शीर्षकको खबरमा तरकारी महंगिए पछि मासुको बिक्री बढेको विषय लेखिएको हो । एक सय रुपियाँले एक छाक तरकारी किन्न मुस्किल छ भने एक सय रुपियाँमा नै एक छाक मासु आउँछ ।

सर्वसाधारणको भान्सामा दिनहुँ पाक्ने तरकारीको मूल्य आकाशिएपछि मासुको बिक्री बढ्न थालेको हो । यस्तै, बागमती प्रदेश सरकारले हेटौंडा-कुलेखानी-काठमाडौं सडकमार्गमा पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माणका लागि यसै वर्ष ठेक्का लगाउँने विषय ‘सुरुङमार्गका लागि यसै वर्ष ठेक्का’ शीर्षमा हेटौंडा सन्देशमा समाचार छ ।

हेटौंडाबाट प्रकाशित समृद्द समाज दैनिकमा ‘पदक विजेता खेलाई सम्मान सहित नगरपरिक्रमा ’ शीर्षकको समाचार मुख्य समाचारका रुपमा छापिएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता मकवानपुरका १३ जना खेलाडी सहित प्रशिक्षकहरुलाई मंगलबार नगद सहित सम्मान गरिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*