दशैं तिहार एक महिना धकेलियो, कात्तिक ७ गते फुलपाती,तिहार २८ गतेदेखि सुरु

लोकखबर
१ माघ २०७६, बुधबार ०८:४०

काठमाडौं । विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ ।

असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको पञ्चाङग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए ।

पात्रोअनुसार कात्तिक ७ गते फुलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी, १० गते विजय दशमी अर्थात टीका परेको छ ।

तिहार २८ गतेदेखि सुरु हुनेछ । २८ गते कागतिहार, २९ गते विहान कुकुर तिहार, बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन तथा म्हः पूजा र मंसिर १ गते भाइटीका रहेको अध्यक्ष गौतमले जानकारी दिए ।

उनका अनुसार मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको छ।

आउँदो बर्ष विवाहको लगन करिब १५ दिनजति मात्रै छ । २०७६ सालमा करिब ३० दिन साइत परेको थियो ।

ब्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ । पञ्चाङग निर्णायक समितिले निर्णय गरेअनुसार वि.स. २०७७ सालको घटस्थापना कात्तिक १ गते परेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*