यसरी मनाइयो भूकम्प सुरक्षा दिवस

मकवानपुर । मकवानपुरको हेटौंडामा विहीबार (आज) २२ औं भूकम्प सुरक्षा दिवस मनाइएको छ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ दिवस मनाइएको हो । विक्रम सम्वत १९९० माघ २ गते भूकम्प गएको सम्झनामा २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।
दिवसका अवसरमा हेटौंडामा चेतनामूकल ¥याली प्रदर्शन गरिएको छ । र्यालीमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी, अन्य विभिन्न सरकारी तथा गैर सरकारी क्षेत्रका प्रतिनिधीको सहभागिता थियो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।