हात्ती आंतकबाट सचेत रहन सूचना, हात्तीबाट मारिएकी परिवारलाई दशलाख क्षतिपूर्ति

लोकखबर
३ माघ २०७६, शुक्रबार ०८:५६

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३, मेलडाँडामा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी ८० बर्षीया महिला मैया थापाको परिवारलाई क्षतिपूर्ति स्वरुप दश लाख रुपैया दिने सहमती भएको छ ।

मृतक थापाको परिवार र पर्सा वन्यजन्तु आरक्षबिच क्षतिपूर्ति स्वरुप दश लाख रुपैंया दिने सहमती भएको हो ।

पर्सा वन्यु जन्तु आरक्षबाट आएको जंगली हात्तीले जंगलमा घाँस काटिरहेकी थापालाई पुष २८ गते विहान ७ बजे मारेको थियो ।

मनहरी गाउँपालिकाको वडा नं २, ३ र ४ का वडाबासी अहिले पनि हात्तीको आतंकले त्रसित बनेका छन् । विशेषगरी मनहरी गाउँपालिका वडा नं २ स्थित ठाडोखोला र गोगनघारी क्षेत्रका दुई सय घरपरिवार जंगली हात्तीका कारण त्रसित बनेका छन् ।

हात्ती आंतकबाट सचेत रहनका लागि मध्यवर्ती उपभोक्ता समिति मनहरीले सूचना नै जारी गरेको छ ।

सूचनामा मनहरी गाउँपालिकाको वडा नं २, ३ र ४ का मानवबस्तीका जंगल छेउछाउ आएर जंगली हात्तिले मानवीय तथा भौतिक क्षति पुर्‍याइरहेकाले सचेत रहन स्थानीयलाई आग्रह गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*