खेल

वर्षाका कारण टि ट्वान्टी क्रिकेट कप स्थगित

लोकखबर
३ माघ २०७६, शुक्रबार १०:१७

मकवानपुर । हेटौडा एकेडेमीको प्रायोजनमा मकवानपुरको हेटौंडामा जारी छैठौं स्व. माधवराज सुमार्गी टि ट्वान्टी क्रिकेट कप प्रतियोगिता वर्षाका कारण यही माघ १० गतेसम्मका लागि स्थगित भएको छ । अब १० गते सेमीफाइनल चरणका दुई वटा खेल मध्ये पहिलो खेलमा चितवन क्रिकेट क्लब र कलैया क्रिकेट क्लव भिड्नेछन् । अर्को खेलमा वीरगंज युनाइटेड क्रिकेट क्लब र महावीर क्रिकेट क्लब बिच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल माघ ११ गते हुने आयोजक मकवानपुर क्रिकेट संघले जानकारी दिएको छ । प्रतियोगिता अन्तर्गत हिजोको दुवै खलमा चितवन विजयी भएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार र द्वितीय हुने टिमले २० हजार नगद सहित शिल्ड मेडल, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*