सवारी दुर्घटना न्यूनिकरण गर्ला टाइम कार्डले ?

लोकखबर
६ माघ २०७६, सोमबार ०८:१२

मकवानपुर । सवारी दुर्घटना कम गर्ने उद्देश्यले झापामा गुड्ने सवारीसाधनका लागि ‘टाइम कार्ड’ को लगाइएको छ ।

सवारी चालकलाई तीव्र गतिमा सवारी नचलाउन पटकपटक आग्रह गरे पनि अटेर गरेपछि टाइम कार्ड लागू गरिएको जनाइएको छ ।

पूर्वी सिमाना काँकरभिट्टादेखि पश्चिमको तारावारी ढाटसम्म पूर्वपश्चिम राजमार्गमा गुड्ने ठूला सवारीका लागि टाइम कार्ड लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार काँकरभिट्टादेखि विर्तामोडसम्म आधा घण्टा र विर्तामोडदेखि दमक पुग्ने सवारीका लागि एक घण्टाको सयम निर्धारण गरिएको छ ।

अब टाइमकार्डमार्फत ५५ किलोमिटर दूरी पार गर्न एक घण्टा ३० मिनेटको समय दिइएको उनको भनाई छ ।

टाइम कार्ड लगाइएपछि सवारी दुर्घटना न्यूनिकरण गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*