उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई मन्त्री बनाइने

मकवानपुर । उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउँन सहमती गराएर सभामुखमा नेकपाबाट अग्निप्रसाद सापकोटामा सहमती जुटाइएको स्रोतको भनाई छ ।
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच तुम्बाहाम्फेलाई मन्त्री बनाउँने सहमति भएको हो ।
आइतवार विहान प्रचण्डसँग अग्नि सापकोटालाई सभामुख बनाउने सहमति गरेपछि ओलीले उसपभामुख शिवमाया तुम्बाहाङ्फेलाई बालुवाटार बोलाएर राजीनामा गर्न आग्रह गरेका थिए । तर, उनले आफूले राजीनामा गर्नुपर्नका कारण लिखित रुपमा माग गरेको बालुवाटार स्रोतको दाबी छ ।
संविधान अनुसार एकै दलका दुई जना सभामुख र उपसभामुख बन्न नमिल्ने भएका कारण तुम्बाहाङ्फेले राजीनामा नदिइ सभामुख निर्वाचनको प्रकृया शुरु हुन नसक्ने भएका कारण नेकपाका लागि उनको राजीनामा अनिवार्य बनेको छ ।
राजिनामा दिएपछि सापकोटाका लागि सभामुखका लागि बाटो खुल्नेछ भने तुम्बाहाम्फेले मन्त्री बन्ने अवसर पाउँनेछिन् ।