आजको मौसम : देशभर बदली, तराईमा हुस्सु-कुहिरो

लोकखबर
७ माघ २०७६, मंगलवार ०७:५५

आज (मंगलबार) देशभरको मौसम बदली हुँदैछ । सोमबार दिउँसो प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढ्दै गएको हो ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ । यसैगरी पश्चिमी भेगका केही स्थानमा हल्का वर्षाको पनि सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दैै उच्च हिमाली भेगका हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको जनाएको छ । साथै देशका अधिकांश भूभागमा सामान्य बदली रहने भएकोले चिसोबाट बच्न हुन सर्वसाधारणलाई महाशाखाको आग्रह छ ।

महाशाखाका अनुसार तीन दिनको मौसमी विवरण
माघ ७ गते (मंगलबार)
दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । पश्चिमी भेगका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ ।
राति : देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ ।

माघ ८ गते (बुधबार)
दिउँसो : मौसम सामान्यतया सफा रहनेछ । तराईका भू-भागमा हुस्सु–कुहिरो रहनेछ ।
राति : मौसम सामान्यतया सफा रहनेछ । तराईका भू-भागमा हुस्सु-कुहिरो रहनेछ ।

माघ ९ गते (बिहीबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ । तराईका भू-भागमा हुस्सु–कुहिरो रहनेछ ।
राति : देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
स्रोत  : मौसम पूर्वानुमान महाशाखा

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*