होटल पानोरमामा बसेका ८ जना भारतीय नागरिकको मृत्यु

लोकखबर
७ माघ २०७६, मंगलवार १६:४३

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाको होटल पानोरमामा गएराती बसेका पर्यटकको मृत्यु भएको छ ।

निस्सासिएर बेहोस भएकाहरुलाई उपचारका लागि काठमाडौंको ह्याम्पस अस्पतालमा लगिएकोमा बेहोस भएका ८ जनालाई नै अस्पतालले मृत घोषणा गरेको हो । पर्यटकीय क्षेत्र थाहा नगरमा घुम्न आएका १५ जना पर्यटक होटल पानोरमामा बसेका थिए । मृत्यु हुने आठै जना एउटा कोठामा बसेका थिए । मृत्यु भएको मध्ये ४ जना बालबालिका रहेको जनाइएको छ ।

एउटै कोठामा बसेकाहरु बिहान बेहोस अवस्थामा पाइएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा भारत केरला बस्ने बर्ष ३८ को रन्जित कप, ३४ बर्षकी ईन्द्र, वर्ष ३७ को प्रविण, वर्ष ३२ की सरिया, बर्ष ५ को अभी, वर्ष ७ की अर्चना, वर्ष ५ को बैशनव र वर्ष ९ की बन्द्रा कप रहेका छन् ।

। उनीहरु बा.३ क. ३६८८ नं. को बस भाडामा लिएर दामन आएका थिए । उनीहरुले ४ वटा रुम बुक गरेर बसेका थिए ।
कोठामा हिटर बाली सुतेको र बिहान ८ बजेसम्म नउठेपछिसँगै आएका साथीहरुले खोजी गर्दा कोठामा बेहोस अवस्थामा फेला परेको र हेलिकप्टरमार्फत् हेम्स अपताल काठमाडौं पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*