स्वास्थ्य कार्यालयको कार्यक्रमबारे पत्रकारलाई जानकारी

मकवानपुर । स्वास्थ्य कार्यालय मकवानपुरले आफूले प्रदान गरिरहेको सेवाका विषयमा मकवानपुरका पत्रकारसंग मंगलबार छलफल गरेको छ ।
छलफलमा स्वास्थ्य कार्यालय मकवानपुरले संचालन गरिरहेको विभिन्न कार्यक्रमबारे जानकारी दिइएको छ ।
कार्यालयले मानसिक स्वास्थ्य, स्वास्थ्य संस्थाको न्यूनतम सेवामा मापदण्ड, स्थानिय न्यायिक समितिलाई लैंगिक हिंसा, महामारी तथा विपद व्यवस्थापन, प्रजनन स्वास्थ्यरसुरक्षित मातृत्वरपरिवार नियोजन सेवा, बाल स्वास्थ्य, क्षयरोग तथा कुष्ठरोगसम्बन्धि कार्यक्रम गरिरहेको जानकारी दिएको हो ।
छलफलमा मकवानपुरमा आर्थिक वर्ष २०७६/७७ को चार महिनामा २ सय १९ जनामा क्षयरोग देखिएको तथ्यांक प्रस्तुत गरिएको छ ।