मौसम अपडेट :

आज देशभर मौसम सफा रहने, तराईमा हुस्सु र कुहिरोको सम्भावना

लोकखबर
८ माघ २०७६, बुधबार ०८:३७

मकवानपुर । बुधबार (आज) दिनभर देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका क्षेत्रमा भने हुस्सु तथा कुहिरो कायम रहने सम्भावना छ ।

यस्तै, बुधबार (आज) राति पनि देशभरको मौसम सामान्यतया सफा रहने छ । अब केही दिन मौसम देशभर सामान्यतया सफा रहने अनुमान मौसमविदले गरेका छन् ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सकिएसँगै देशभरको मौसममा सुधार आएको छ । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशका तराईका अधिकांश क्षेत्र तथा पहाडी भूभागका केही स्थानमा हुस्सु–कुहिरो लागेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*