हेटौंडाको सडक १६/१६ मिटर बनाउँन बालुवाटारमा सहमती कि छलफल मात्रै ?

लोकखबर
९ माघ २०७६, बिहीबार ०८:२४

मकवानपुर । मकवानपुरको हेटौंडा बजारक्षेत्रको सडक विस्तारका विषयमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसंछ छलफल गरेको छ ।

छलफलमा हेटौंडामा बाइपासको विकल्प भएकाले मुख्य सडक दायाँबायाँ १६/१६ मिटर विस्तार गर्न सकिनेबारे चर्चा भएको छ ।

छलफलमा राष्ट्रियसभा सदस्य रामचन्द्र राई, प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, प्रतिनिधि सभा अर्थ समिति सभापति कृष्ण दाहाल, प्रदेशसभा सदस्यहरु मुदु सिग्देल, प्रेमबहादुर पुलामी छिन्तु, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवाल, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा लगायतको सहभागिता रहेको थियो ।

छलफलमा मुख्य बजारक्षेत्रको सडकलाई १६/१६ मिटर कायम गर्ने विकल्पका रुपमा कुराकानी भएपनि अहिल्यै सहमती भने भइनसकेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*