वर्षाका कारण स्थगित टि ट्वान्टी क्रिकेट कप आजबाट सुरु

लोकखबर
१० माघ २०७६, शुक्रबार ०७:२०

मकवानपुर । वर्षाको कारण माघ ३ गते स्थगित हेटौडा एकेडेमीको प्रायोजनमा मकवानपुरको हेटौंडामा जारी छैठौं स्व. माधवराज सुमार्गी टि ट्वान्टी क्रिकेट कप प्रतियोगिता आज (शुक्रबार) बाट सुरु हुँदैछ ।

प्रतियोगिता अन्तर्गत आज सेमीफाइनल चरणका खेलहरु हुदैछन् । विहान ९ बजे हुने पहिलो खेलमा चितवन क्रिकेट क्लब र कलैया क्रिकेट क्लव भिड्नेछन् ।

त्यस्तै, दिउशो १ बजेपछि वीरगंज युनाइटेड क्रिकेट क्लब र महावीर क्रिकेट क्लब बिच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल माघ ११ गते अर्थात् भोली (शनिबार) हुने आयोजक मकवानपुर क्रिकेट संघले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार र द्वितीय हुने टिमले २० हजार नगद सहित शिल्ड मेडल, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*