देशभरको मौसम सफा, तराईमा हुस्सु र कुहिरो
मकवानपुर । आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिम तथा मध्य तराईका थोरै स्थानमा हुस्सु कुहिरो लागेको छ । महाशाखाका अनुसार अहिले नेपालमा उल्लेखनीय रुपमा मौसमी प्रणाली सक्रिय भएको छैन ।
महाशाखाले आज देखि तीनसम्मका लागि जारी गरेको मौसमी विवरण यस्तो छ
आज माघ १० गते (शुक्रबार)
दिउँसो : देशको पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः देशको पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
भोलि माघ ११ गते (शनिबार)
दिउँसो : देशका अधिकांश स्थानमा आंशिक बदली रहनेछ ।
रातिः देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा सामान्यतया सफा रहनेछ।
पर्सि माघ १२ गते (आइतबार)
दिउँसो : देशको मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।
रातिः देशको मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।