विद्यार्थीको १९ दिने अनसनपछि क्याम्पस प्रशासनको निर्णय स्थगन

लोकखबर
१२ माघ २०७६, आईतवार ०७:२१

मकवानपुर । संचालक समितिले बढाएको शुल्क हाललाई स्थगित गरेपछि मकवानपुर बहुमुखी क्याम्पसमा जारी विद्यार्थी आन्दोलन पनि रोकिएको छ ।
क्याम्पस प्रशासन र विद्यार्थीबीच भएको वार्ताले बृद्धि गरिएको शुल्क स्थगन गर्ने निर्णय गरेको हो ।
मकवानपुर क्याम्पसका स्ववियु सभापति कुमारकेसीले शुल्क बृद्धि स्थगन भएको र शुल्क बृद्धिको विरोधमा गर्दै आएको अनशन कार्यक्रम पनि स्थगित भएको जानकारी दिए । क्याम्पसले शुल्क वृद्धि गरेपछि क्याम्पस्थित स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अनेरास्ववियु क्रान्तिकारीले शुल्क वृद्धि खारेज गर्नुपर्ने माग राख्दै रिले अनशन गरेको थियो ।
शनिवार मकवानपुर उद्योग वाणिज्य संघको सभाहलमा क्याम्पस सञ्चालक समिति र विद्यार्थीहरुबीच भएको वार्तामा सहमति जुटेपछि आन्दोलनका कार्यक्रमहरु समेत स्थगित भएका हुन् ।
क्याम्पस प्रशासनले नयाँ विद्यार्थी भर्नामा सत प्रतिशत र मासिक शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेपछि विद्यार्थीहरु १९ दिनसम्म अनसन बसेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*