प्रदेशसभामा दुई विधेयक पेश

लोकखबर
१२ माघ २०७६, आईतवार १९:५४

मकवानपुर । प्रदेशको राजधानी तथा नामकरण टुंगो लगाएपछि स्थगित बागमती प्रदेशसभाको आज (आइतबार) बैठक बसेको छ ।

आजको बैठकमा प्रदेशभित्र सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशमा दुध विकास बोर्ड ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ पेश भएको हो ।

उक्त बैठकमा प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले र प्रदेशमा दुध विकास बोर्ड ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले छलफलको लागि पेश गरेका हुन् ।

प्रदेशसभाको अर्को बैठक भोली माघ १३ गते विहान साँढे ११ बजे बस्ने कार्यक्रम रहेको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*