मकवानपुरमा पनि एकपछि अर्को नेताले विप्लव नेतृत्वको नेकपा छाड्दै

लोकखबर
१२ माघ २०७६, आईतवार २१:३७

मकवानपुर । केही समयअघि विप्लव नेतृत्वको नेकपाका मकवानपुर इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ ले पार्टी परित्याग गरे । उनले अब कुन पार्टी प्रवेश गर्ने नखुलाएपनि पार्टी परित्याग गरेको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेकपाबाट प्रदेशसभामा प्रतिनिधीत्व गर्ने कुमारी मोक्तान पनि संगै भएका आधारमा उनी अब नेकपा प्रवेश गर्छन् भन्ने अड्कल थियो ।

सरकारले प्रतिबन्ध लगाएपछि पछिल्लो समय देशका विभिन्न भागबाट धमाधम पक्राउ पर्दै आत्मसपर्मण गर्दै छुट्दै गरिरहेको अवस्थामा मकवानपुरमा पनि एकपछि अर्कोले स्वतन्त्र बस्ने भन्दै पार्टी परित्याग गर्न थालेका छन् ।

आज (आइतबार) चार जना नेताले विप्लव नेतृत्वको नेकपा परित्याग गरेका छन् । नेकपा मकवानपुरका सदस्यहरु अक्कलबहादुर गोले ‘धावा’, गीता कार्की, अर्जुन चौलागााईं र नारायणप्रसाद गौतमले पार्टी पत्रकार पार्टी परित्याग गरेका हुन् । पार्टी परित्याग गरेका चारैजनाले शान्तिपूर्ण रुपमा जीवन यापन गर्नका लागि पार्टी परित्याग गरेको बताएका छन् । आफूहरु आगामी दिनमा गैर राजनीतिक सामाजिक अभियानमा जोडिने बताएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*