दामन घटनामा ज्यान गुमाएका विषयमा केरलाका मुख्यमन्त्रीले मागे क्षतिपूर्ति

लोकखबर
१३ माघ २०७६, सोमबार २१:४३

मकवानपुर । मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिर्सोटमा बास बसेका ८ जनाको निस्सारिएर ज्यान गएको घटनाका विषयमा भारतको केरलाका मुख्यमन्त्रीले नेपाल सरकारसंग क्षतिपूर्ति माग गरेका छन् । नेपाल भ्रमण वर्षका अवसरमा नेपालमा घुम्‍न आएका आफ्ना नागरिकको ज्यान गएको विषयमा विस्तृत अध्ययन गर्न पनि मुख्यमन्त्री पिनाराई विजयनले माग गरेका हुन् । मुख्यमन्त्रीले संघीय विदेशमन्त्री एस जयशंकरलाई पत्र लेख्दै यस्तो माग गरेको बताइएको छ ।

पत्रमा जनवरी २१ मा ज्यान गुमाएका आठैजना केरला राज्य भएको र नेपाल सरकारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्न संघीय विदेश मन्त्री जयशंकरलाई आग्रह गरेका छन् ।
रिसोर्टमा बेहोस भएर मृत्यु भएका आठजना भारतीय एकै परिवारका सदस्य भएको प्रहरीले पुष्टि गरेको थियो । कोठामा हिटर बाली सुतेको अवस्थामा बेहोस भएका उनीहरुलाई कैलाश एयरको हेलिकप्टरबाट काठमाडौंस्थित हेम्स अस्पताल ल्याइएको थियो ।

मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना,५ वर्षीय बैशनव र ९ वर्षीया बद्रा कप छन् ।

गल्फ न्यूजलाई उनीहरुको परिवारका सदस्यले बताएअनुसार सो परिवार बच्चाको जन्मदिन मनाउनका लागि नेपाल आएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*